काठमाडौं, २८ वैशाख । निर्वाचन आयोगले आज र भोली मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ ।
नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ ।