Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मेयरका उम्मेद्वार राना र उपमेयरका उम्मेद्वार खत्रीका लागी भोट माग्दै बुद्विजिवी


6.6K
Shares

मेयरका उम्मेद्वार राना र उपमेयरका उम्मेद्वार खत्रीका लागी भोट माग्दै बुद्विजिवी

गोरखा, २७ वैशाख । गोरखामा स्थानिय तहको निर्बाचन आउन केही दिन मात्रै बाँकी हुदाँ भिन्न राजनितिक दलका उम्मेद्वारहरु चुनाबी प्रचार प्रसारमा व्यस्त बनेका छन् ।

नेकपा माओबादी केन्द्र र जसपका बुद्विजिवी संगठनका नेताहरुले गोरखा सदरमुकामको चाईनिज धारा , हारमटारी चोक , शक्ति चोक , बसपार्क , ठुलो आँगन हुँदै सयैंको संख्यमा भेला भई हरमटारी चोकमा आई कोण सभा गरेका थिए । बुद्विजिवी संगठनका नेताहरुले सयैं संख्यमा जुलुस र्याली निकाल्दै गोरखा नगरपालिकामा नगरबासिले सोचे र भने जस्तो मेयर नपउदाँ पिडित हुनु परेको बताउदैं झुट र आश्सवन बाँड्ने काम नगर्ने नगरपालिकामा बर्षै पिच्छे बेरुजु निस्कने नगरपालिकालाई बदनाम गराउने त्यस्ता मेयरलाई कुनै पनि हालतमा भोट नदिन सम्पुर्ण नगरबासीलाई अपिल गर्दै दुई दलिय गठबन्धनका बुद्विजिवीहरुले र्याली र जुलुस निकालीएको गोरखाका बुद्विजिवी राम बाबु श्रेष्ठले बताउनु भयो ।

त्यस्तै अर्का बुदिजिबी यादब शर्माले जनताको गुनासो नसुन्ने , नगर बिकासका लागि कुनै गुरुयोजना नल्याउने मेयर हुनका लागि मात्र मेयर हुने, काम केही नगर्नेलाई अब जनताले चिन्नु पर्ने दिन आएकोले आफ्नो अमुल्य मतधिकार सोचेर बिचार गरेर्र हाम्रा भन्दा पनि राम्रा’ लाई मत दिन अपिल गर्नु भयो ।अहिले गोरखा नगरपालिकाको बिकास र सम्बृद्वि गर्न उपयुक्त पात्र मेयरमा कृष्ण राना र उपमेयरमा नारायण खत्री भएको दाबी गर्नु भयो । अहिले नगरबासीलाई जनताको आबज सुन्ने , शुसासन कायम गर्ने भष्टचार मुक्त नगरपालिका बनाउन सबै नगरबासीको दायित्ब भएको उहाँले बताउनु भएको छ ।

सोही कार्यकममा नेकपा माओबादी केन्द्रका तर्फबाट मेयरका उम्मेद्वार बन्नु भएका कृष्ण रानाले सबै नगरबासीलाई सम्बोधन गर्दै नगर प्रमुख हुन योग्य पात्र को हो भनी छुट्याउन अपिल गर्नु भयो । ’ काम गर्नेलाई मत दिने कि जनताको सुखदुखमा साथ नदिनेलाई मत दिने तपाईहरुको हातमा छ’ उहाँले भन्नु भर्यो अहिलेको नगरपालिकाको बिकास हेर्ने हो भने कछुवाको गतिमा पनि छैन ।’ नगरको नेतृत्व खराब मानिसको हातमा गयो भने आफुहरु बीस वर्षा पछाडी नपुग्ला भन्नी कुनै ग्यारेन्टी नभएकाले सबै नगरबासीले बिबेक पुर्याएर मतदानमा भाग लिएर राम्रो मान्छे चुन्ने बिश्बास उहाँले गर्नु भएको छ ।

अर्का उपमेयरका उम्मेद्वार नारायण खत्रीले ठुला ठुला सपना बाँड्ने काम आफुहरुले नगर्ने तर क्षेत्र अधिकार भित्र नपर्ने गोरखाकाली रबर उद्योग सञ्चालनमा ल्याउछु भन्दै भ्रम फिजाउने उम्मेद्वारलाई चिनेर मात्र मतदान गर्न पनि अपिल गर्नु भयो । उहाँले जनताको सुखदुखमा सधै सगैँ सहयात्रा गर्ने मेयर र उपमेयरका उम्मेद्वारलाई बिजय गराई सबै शीत हातेमालो गर्न सक्नेलाई जिम्मेवारी दिनु पर्नेमा नगरबासीलाई सजग गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology