Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

निष्ठावान, विकासप्रेमी नेता तिमल्सिना माओबादी केन्द्रबाट गण्डकी गाउँपालिका अध्यक्षका उम्मेद्वार


4.3K
Shares

निष्ठावान, विकासप्रेमी नेता तिमल्सिना माओबादी केन्द्रबाट गण्डकी गाउँपालिका अध्यक्षका उम्मेद्वार

गोरखा २७, बैशाख । गोरखाको गण्डकी गाउँपालिकामा माओबादी केन्द्रबाट उम्मेद्वर बन्नु भएका नेता दिपक तिमल्सिना (साकार) एक प्रखर र बिकास प्रेमी नेताको रुपमा चिनिनु हुन्छ । गाउँपालिकाको वडा नम्बर ७ स्थायी घर भएका नेता तिमल्सिना विद्यार्थीकालदेखि नै कम्युनिष्ट बिचारधाराबाट प्रभावित भएर राजनितिमा होमिनु भएको थियो । कुशल क्षमता, एक प्रखर वक्ता, सरल स्वभाव भएका युवा नेता तिमल्सिनाको बि.स २०३२ साल कात्तिक गतेका दिन भएको हो ।

२०४७ सालबाट विद्यार्थी संगठनबाट राजनिति यात्रा सुरु गर्नुभएका उहाँ माओवादी जनयुद्धबाट खारिएका एक सर्घषशिल नेताको रुपमा स्थिापित हुनुहुन्छ । २०५१ सालमा एकता केन्द्र सुरक्षा दल हुदैँ २०५२ सालमा तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धबाटै पार्टीमा आवद्ध भई २०५८ सालदेखि पूर्णकालिन हुनुभयो ।

२०६५ सालमा पाटीको केन्द्रिय आयोजक समिति र हाल गण्डकी प्रदेश सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्छ । २०७४ सालको स्थानिय निर्वाचनमा गण्डकी गाउँपालिका अध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभएका तिमल्सिना यस पटक पनि अध्यक्षको बन्नु भएको छ । निर्वाचनमा पराजय भएरपनि उहाँ अबिचलित रुपमा गाउँपालिकाको जनताको काममा सधै तल्लिन हुनुभयो ।

गण्डकी गाउँपालिकाका निष्ठावान्, विकासप्रेमी, स्पष्ट र खरो बोल्ने, जनताको काम भने पछि हुरुक्क हुने साकार यस पटक भने निर्वाचन जित्नेमा ढुक्कु हुनुहुन्छ । पछिल्लो समय पालिका बनेको दर्विलो संगठन नै आफ्नो पार्टीको जितको मुख्य आधार भएको नेता तिमल्सिना बताउनु हुन्छ । स्वच्छ छवि भएका उहाँ यति बेला जनताको घरदैलोमा भोट माग्दै व्यस्त हुनुहुन्छ । गण्डकी गाउँवासीको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्न सक्ने क्षमता भएको कारण पनि यो पटक गण्डकी पालिकाबासी जनताको आशाको केन्द्र बन्नु भएको छ ।

नेता तिमल्सिना गाउँपालिकाको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताउनुहुन्छ । जनताको प्रतिक्रियाबाट उत्साहित देखिएका उहाँले जनताको सेवामा आफु सधै लाग्ने भन्दै आफुले निर्वाचन जिते गण्डकी गाउँपालिकाबासी मुहार फेर्ने दावी गर्नुहुन्छ । बोलेर होइन काम गरेर देखाउन सक्नुपर्छ भन्ने मान्यता राख्नुहुने नेता तिमल्सिना आफुलाई एक पटक मौका दिन मतदाताहरुलाई आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘म मतदातालाई कहिल्लै पछुतो हुन दिन्न, गएको ५ बर्ष जितेर सत्तामा पुगेकाहरुले जस्तो गण्डकी गाउँपालिकाबासी जनता पछुताउने दिन आउने छैन् ।

उहाँले समावेशीता र उत्कृष्टताको सिद्धान्तलाई लागु गर्ने, समृद्ध गण्डकी गाउँपालिका, सांस्कृतिक तथा कृषि पर्यटन, उद्योग, एक गाउँ एक उत्पादन, निशुल्क स्वास्थ्य विमा, पशु विमा, प्राविधिक शिक्षालय, युवा स्वरोजगार, पालिका केन्द्रको सुगमता जस्ता कार्यक्रम अघि सार्नुभएको छ ।

पालिका भित्र सुशासनको प्रत्याभुति दिलाउने, पारदर्शीता, कानुनको पालना, समावेशीकरण, स्रोत साधानको सदुपयोग, गर्दै उत्तरदायित्व, सहभागीताको सिद्धान्तलाई आत्मसात गरि अघि बढ्ने प्रतिबद्धता नागरिकहरु गरिरहनु भएको छ । जनयुद्धका क्रममा पटक पटक जेल जिवन बिताउनु भएका नेता तिमल्सिना २०५१ सालमा नेकपा एकता केन्द्रको सुरक्षा टिमको इलाका सचिवको जिम्मेवारी समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology