Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा कांग्रेसका कार्यकर्ताद्धारा एमाले कार्यकर्ता माथि सांंघातिक आक्रमण, ४ जना घाइते


22.3K
Shares

गोरखामा कांग्रेसका कार्यकर्ताद्धारा एमाले कार्यकर्ता माथि सांंघातिक आक्रमण, ४ जना घाइते

गोरखा, २७ बैशाख । गोरखाको आरुघाट गाउँपालिका–१, मान्वुमा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्ता माथि सांघातिक आक्रमण गरेका छन् । सोमबार साँझ कांग्रेस कार्यकर्ताको आक्रणबाट एमाले कार्यकर्ता बिक्रम लामा, गोपाल लामा, बिक्रम लामा, राजबहादुर लामा घाइते हुनुभएको नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो ।

ढोरकमा कोणसभा कार्यक्रम सकेर फर्कदै गरेका एमाले कार्यकर्ता माथि उनिहरुले एक्कासी आक्रमण गरेका थिए । ‘कोणसभा गरेर फर्कदै गर्दा हामीसंग पनि डिसकस भयो, उहाँले भन्नुभयो, स्थिती सामान्य भएपछि हामी फर्कियौ । साथीहरु घर फर्कने क्रममा फिछा गरेर कुटेछन् ।

कुट्ने कर्मा सिंह लामा , कर्मा छिरिङ लामा, सन्तोष लामा,  निश्चल लामा लगायतको समुहले पिछा गरेर कुटेको पिडितले बताएका छन् । घाइतेहरुको आरुघाट अस्पतालमा उपचार भइरहेको छ । घाइतेको आँखा टाउकोमा चोट लागेको छ ।  कांङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उमेद्वार सानु भनिने गजे घलेको नेतृत्वको टोलीले आक्रमण उनिहरु माथि आक्रमण गरेका हुन् ।    घले अपराधिक क्रियाकलापमा जोडिएका पात्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology