काठमाडौं, २५ वैशाख । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्।
बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आईतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरूले सुझाएका हुन्।
पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् धर्मराज उप्रेतीले आसानी नाम दिईएको यस आँधी निकै तिब्र गतिमा चलेको बताउनु भयो। सो आँधीको असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गते देखि प्रभाव देखिने उहाँले भनाई छ । बताएका छन्।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उहाँले बताएका छन्।
उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानी पर्ने अवस्था रहेको भन्दै उनले अहिले नयाँ प्रणालीले गर्दा चुनावको मुखमा पानी पर्ने र त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्नसक्ने भएकाले पूर्वतयारी गर्ने अनुरोध गरेका छन्।
‘सबै मतदान गर्ने केन्द्रमा पानी पर्छ भन्ने होइन कतै नपर्न पनि सक्छ’, उहाँले अगाडि भन्नु भयो, ‘कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि हुनसक्छ। तर हामी तयारी अवस्थामा बस्नुपर्ने हुन्छ।’
जलवायुविद् उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिनु भयो।