काठमाडौं, २५ वैशाख । स्थानीय तहको निर्वाचनमा हालसम्म ३९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले एउटा मात्रै उम्मेदवारी परेका स्थानमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
आयोगका अनुसार सबैभन्दा बढी नेकपा एमालेबाट १ अध्यक्ष २ उपाध्यक्ष, दलित महिला सदस्यमा ६०, महिला सदस्य २५, वडाध्यक्ष १७ र सदस्यमा ३३ जनासहित १३८ जना निर्विरोध निर्वाचित भएका छन्।
यस्तै नेपाली कांग्रेसबाट १ उपाध्यक्ष, ४५ दलित महिला सदस्य, २१ महिला सदस्य, १६ वडाध्यक्ष र ३२ सदस्यसहित ११५ जना निर्विरोध निर्वाचित भएका छन्।
यस्तै माओवादी केन्द्रबाट ३ वडाध्यक्षसहित ५९ जना निर्विरोध निर्वाचित भएका छन्।
६ वडाध्यक्षसहित नेकपा एकीकृत समाजवादीबाट ३५ जना निर्विरोध निर्वाचित भएका छन्।
यस्तै ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र निर्वाचित भएका छन्।
आयोगका अनुसार, अब चुनावी प्रतिस्पर्धामा १ लाख ४५ हजार १० जना उम्मेदवार छन्।
हेर्नुहोस् निर्विरोध निर्वाचितहरुको नामावली






