Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिकामा नेकपा एसले दुवै पदको उम्मेदवारी स्थगन गरेर कांग्रेसलाई सघाउने


5.7K
Shares

गोरखा नगरपालिकामा नेकपा एसले दुवै पदको उम्मेदवारी स्थगन गरेर कांग्रेसलाई सघाउने

गोरखा, २३ वैशाख ।  आसन्न स्थानीय तह निर्वाचनमा गोरखा नगरपालिकामा नेकपा एकिकृत समाजवादीले दुवै पदको उम्मेदवारी स्थगन गरेर नेपाली कांग्रेसलाई सघाउने भएको छ । नेकपा एसले  प्रमुख, उपप्रमुखमा आफ्नो उम्मेदवारी स्थगनको निर्णय गरेर कांग्रेसलाई सघाउने सहमति गरेको हो ।

दुवै दलले नगरको तालमेललाई १४ वटै वडा तहमा समेत प्रभावकारी रुपमा कार्यन्वयन गर्न गराउन लगाउने सहमती गरेका छन् । एकिकृत समाजवादीबाट नगरप्रमुख सानुमाया बस्नेत, उपप्रमुख यादब बस्नेतको उम्मेदवारी स्थगन भएको सहमती पत्रमा उल्लेख छ ।

नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार राजनराज पन्त र उपमेयरमा मसलीमाया थोकरलाई सघाउने गरी एकिकृत समाजवादीले सहमती गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology