Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

कांग्रेस गोरखाद्रारा सङ्कल्प पत्र सार्वजनिक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारका विषयलाई विशेष जोड


3.1K
Shares

कांग्रेस गोरखाद्रारा सङ्कल्प पत्र सार्वजनिक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारका विषयलाई विशेष जोड

गोरखा, २३ वैशाख ।  नेपाली कांग्रेस गोरखाले सङ्कल्प पत्र सार्वजनिक गरेको छ । आज (शुक्रवार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले ‘नेपाली कांग्रेसको उपहार, भ्रष्टाचारमुक्त स्थानीय सरकार’, नारालाई जोड दिँदै १ शय १५ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् ।

सभापति न्यौपाने पार्टीले स्थानीय तहको निर्वाचनमा बिजयी गरेको खण्डमा सार्वजनिक गरेको सङ्कल्प पत्र अनुसार काम गर्ने बताउनु भएको छ । सङ्कल्प पत्रमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारका विषयलाई विशेष जोड दिएको उहाँले बताउनु भयो । पाँच वर्षको अवधिमा गर्न सकिने खालका काम मात्रै संकल्प पत्रमा समेटेको बताउँनु हुदै उहाँले सोही अनुसार स्थानीय तहमा बिजयी जनप्रतिनिधिले काम गर्ने दावी गर्नु भएको छ ।

सङ्कल्प पत्रमा उल्लेख भएअनुसार जनप्रतिनिधिले काम गरे नगरेको समीक्षासमेत गरिने कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताउनु भयो । पारदर्शिता र सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेकाले यो सबैले अनिवार्य गर्नुपर्ने उहाँको भनाई छ ।

सङ्कल्प पत्रमा निशुल्क उपचार, स्वास्थ्य बिमा प्रभावकारी बनाउने, अनिवार्य शिक्षा, प्रविधिमैत्री शिक्षा, विद्युत र इन्टरनेटको बिस्तार, छात्रामैत्री शौचालय निर्माण लगायतका विषय उल्लेख छन् । कृषि पशुपालन, ब्यवशायिक खेती, कृषि उपजको खरिद बिक्री केन्द्र, किसानलाई सहुलियतमा मल, उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गर्ने विषयलाई कांग्रेसले सङ्कल्प पत्रमा उल्लेख गरेको छ ।

पर्यटन सूचना केन्द्र संचालन, बूढीगण्डकी आयोजना क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, गोरखा, पालुङ्टार र मनकामनालाई पर्यटकीय नगरीको रुपमा विकास गर्ने, गोरखा सदरमुकामलाई ऐतिहासिक पर्यटकीय मूख्य गन्तब्य बनाउने योजना पनि पत्रमा रहेको जिल्ला सचिव थापाले जानकारी  दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology