Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई कांग्रेसले तत्काल निलम्बन गर्ने


1.8K
Shares

स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई कांग्रेसले तत्काल निलम्बन गर्ने

काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्ने भएको छ।

पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टीका उम्मेदवार र पार्टीले तालमेल गरेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरिएको छ। तर उम्मेदवारविरूद्ध असहयोग गरेमा कारबाही गरिने चेतावनी कांग्रेसको छ।

पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन कांग्रेसले सबैलाई आग्रह गरेको छ।

यस्तै बागी, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन निर्देशन पनि कांग्रेसले दिएको छ। पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिने, ती उम्मेदवारका प्रस्तावक बस्ने र समर्थक बसेकालाई पाँच वर्ष पार्टीबाट हटाइएको पनि कांग्रेसले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology