Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

मतदानका दिन सबै आन्तरिक उडान बन्द हुने


3.2K
Shares

मतदानका दिन सबै आन्तरिक उडान बन्द हुने

काठमाडौं, २३ वैशाख । स्थानीय तहको चुनावको मतदानका दिन (वैशाख ३० गते) सबै आन्तरिक उडान बन्द हुने भएको छ। आगामी साताको शुक्रबार आन्तरिक उडान बन्द हुने भएको हो ।

सबैभन्दा ठूलो आन्तरिक सेवा प्रदायक बुद्ध एयरले भोट हाल्ने दिन एयरलाइन्सका सबै सेवा बन्द हुने जानकारी दिएको छ।

कम्पनीका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णकाअनुसार यस दिन सार्वजनिक सवारीसाधन सबै बन्द हुने हुँदा यात्रु सहजताका लागि सबै उडान बन्द गरिएको हो।

विगतमा पनि निर्वाचनका दिन सार्वजनिक सवारीसाधन सबै बन्द हुने र नियमित तर्फका उडान बन्द हुने गरेको कर्णले बताउनु भयो।

यस्तै यति एयर, सौर्य, गुण, श्री एयरलगायत सबै आन्तरिक एयरलाइ्न्ले उक्त दिन उडान नहुने सूचना जारी गरेका छन्।

उडान बन्द हुने भएपछि कम्पनीहरूले वैशाख ३० गतेका दिन टिकट अग्रिम बुकिङ गरेका यात्रुलाई धमाधम सूचना जारी गर्दै रिसेड्युल वा रिफन्ड गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology