Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रेनु दाहालले भन्नुभयो : हाम्रो जित सुनिश्चित छ


2.4K
Shares

रेनु दाहालले भन्नुभयो : हाम्रो जित सुनिश्चित छ

चितवन, २२ वैशाख । सत्तागठबन्धनबाट चितवन महानगरपालिकाको मेयर उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जित सुनिश्चित रहेको बताएका छन्।

सत्तागठबन्धनले आज चितवनमा गरेको चुनावी सभामा सम्बोधन गर्नु हुदैं चितवन महानगर आफुहरुको जित सुनिश्चित भएकाले केपी ओली प्रवृत्तिलाई मतबाटै परास्त गर्नुपर्ने बताउनु भएको छ । ‘हाम्रो जित सुनिश्चित छ,’ उहाँले भन्नु भयो, ‘केपी ओली प्रवृत्तिलाई मतबाटै परास्त गर्नुपर्नेछ।’

चुनाव जितेमा आफू गठबन्धनको साझा मेयर भएर काम गर्ने उहाँको भनाई छ ।
उहाँले गठबन्धनलाई दीगो रूपमा लैजाने पनि बताएका छन्।

उहाँले गर्व गर्न लायक काम पाँच वर्षमा गरेको दाबी समेत गनुृ भएको थियो ।

‘यो पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी सिधा आँखाले जनता र प्रतिपक्षका अगाडि कुरा गर्न सक्छौं, गर्व गर्न लायक काम गरेका छौं,’ उहाँले भन्नु भयो, ‘अब थप पाँच वर्ष समय पाउने हो भने अघि बढेका आयोजना पूरा हुन्छन्।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology