Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

चट्याङ लागेर एक जनाको मृत्यु


2.6K
Shares

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं, २२ वैशाख । ओखलढुंगाको लिखु गाउँपालिका–८ टारकेराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ । देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए ।

उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो । उपचारको क्रममा देवबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology