Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार


2.9K
Shares

वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

धनुषा, २२ वैशाख । धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो ।

यादवको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आक्रमण गरेको दाबी गर्नु भयो ।

घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताउनु भयो । यादवको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology