Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

थप १९ जनामा कोरोना संक्रमण पुष्टि


3K
Shares

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २१ वैशाख । पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १९ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ८२१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ३७३ जनाको पिसिआर र १ हजार ४४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १८ जना कोरोना मुक्त भएका छन्।

अहिले देशभर २१७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology