Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अभिनेता सोनु सुदले नेपाली बालिकाको पढाइ खर्च व्यहोर्ने


3.7K
Shares

अभिनेता सोनु सुदले नेपाली बालिकाको पढाइ खर्च व्यहोर्ने

एजेन्सी, २१ वैशाख । भारतीय अभिनेता सोनु सुदले एक जना नेपाली बालिकाको पढाइ खर्च उठाउने भएका छन्। सोनुले वीरगञ्जकी बालिका मुस्कान कर्णको पढाइ खर्च व्योहोर्ने भएका हुन्।

ट्विटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए। सोनुले पढाइको खर्च उठाउने भएपछि मुस्कानले एक भिडिओ सेयर गर्दै धन्यवाद व्यक्त गरेकी छन्।

उक्त भिडिओ सेयर गर्दै सोनुले ट्विटरमा लेखेका छन्, ‘यो सब तपाईको बुबाले गर्नु भएको हो। म त एक माध्यम मात्र हुँ।’

पछिल्लो समय उनी सामाजिक कार्यमा निकै सक्रिय छन्। सोनुले सुद फाउन्डेशन मार्फत सामाजिक कार्यलाई अगाडि बढाइरहेका छन्।

सोनुले यस अघि पनि महामारी समय समस्यामा परेका हजारौं कामदार, विद्यार्थी र किसानहरूलाई सहयोग गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology