Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लियो मान्छे मार्ने बाघ


2.6K
Shares

चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लियो मान्छे मार्ने बाघ

रासस, २१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ। पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन।

थप शक्ति परिचालन गरेर सो बाघलाई नियन्त्रणमा लिइएको हो। अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ। बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उहाँले जानकारी दिनु भयो ।

बाघ राख्न कसरा र सौराहामा खोर छ। कसराका खोरमा दुइटा बाघ रहेका छन्। एउटा बाँकेबाट ल्याइएको हो भने अर्को स्थानीय देवनगरबाट ल्याइएको हो।

सूचना अधिकारी तिवारीका अनुसार वि।सं २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ। निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology