Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

रत्ननगरमा वडाध्यक्षको टिकट खोसिएपछि कांग्रेस कार्यकर्ताले गरे पार्टी कार्यालय तोडफोड


3.1K
Shares

रत्ननगरमा वडाध्यक्षको टिकट खोसिएपछि कांग्रेस कार्यकर्ताले गरे पार्टी कार्यालय तोडफोड

चितवन, २१ वैशाख । चितवनको रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् ।

कांग्रेस नगर सचिवसमेत रहनु भएका वडा नम्बर १२ का उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका हुन् । कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्ची टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन्।

अर्याल वडाध्यक्षको उम्मेदवार बनेर चुनाव प्रचारप्रसारको अन्तिम चरणमा पुगेका बेलामा उहाँको टिकट खोसिएको थियो । अर्यालको ठाँउमा सत्ता गठबन्धनले माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।

सो वडामा गठबन्धनको निर्णय नमान्ने र अर्यालको नेतृत्वमा चुनावी प्रचारमा जाने निर्णय समेत कांग्रेसको वडा समितिले गरेको छ । रत्ननगरमा माओवादी केन्द्रले मेयर उपमेयर पद नपाएको भन्दै असन्तुष्ट बनेको थियो । वडाका सबै पदमा माओवादीले उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology