Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिकामा माओवादी केन्द्र र जसपाबीच चुनावी तालमेल (सहमति पत्रसहित)


4.4K
Shares

गोरखा नगरपालिकामा माओवादी केन्द्र र जसपाबीच चुनावी तालमेल (सहमति पत्रसहित)

गोरखा, २१ वैशाख । गोरखाको गोरखा नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

सत्तागठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिअनुसार यहाँ वैशाख १२ मा आ—आफ्नो हिसावले दलहरूले उम्मेदवारी दर्ता गरेका थिए। तर, उम्मेदवारी दर्ता र फिर्ताको समय सकिएपछि पनि चुनावी तालमेल भएका छन्। गोरखा नगरपालिकामा मेयर माओवादीले राखेर उपमेयर जसपालाई दिने गरी चुनावी तालमेल भएको छ।

जसपा केन्द्रले कांग्रेससँग चुनावी तालमेल गर्न निर्देशन दिए पनि माओवादी र जसपाबीच तालमेल भएको हो। मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा जसपाका नारायण खत्री रहने गरी तालमेल भएको छ।

यसअघि गोरखाकै गण्डकी गाउँपालिकामा पनि माओवादीले अध्यक्ष लिएर उपाध्यक्ष जसपालाई छाड्ने गरी तालमेल भएको थियो। गण्डकीमा माओवादीबाट अध्यक्षमा दिपक तिमिल्सिना (साकार) उम्मेदवार छन् भने जसपाबाट भीम श्रेष्ठ उपाध्यक्ष उम्मेदवार छन्।

०७४ मा गोरखा नगरपालिका र गण्डकी गाउँपालिका दुबै नेपाली कांग्रेसले जितेको थियो। यो सहमतिको पत्र बाहिरिएसँगै गोरखामा कांग्रेस दल भने असन्तुष्ट छ। बाबुराम भट्टराईको गृहनगर पालुङटारमा कांग्रेसलाई मेयर उम्मेदवारबार्ट ब्याक’ गराउन दबाब दिएर गोरखा नगरपालिकामा भने जसपा माओवादीसँग चुनावी तालमेल गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ।

हेर्नुहोस् सहमति पत्र :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology