Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

एन्फा गोरखाको अध्यक्षमा बिशाल गुरुङ चयन


4.1K
Shares

एन्फा गोरखाको अध्यक्षमा बिशाल गुरुङ चयन

गोरखा, २१ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको अध्यक्षमा बिशाल गुरुङ चयन हुनु भएको छ । मंगलवार भएको अधिवेशनमा पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ र महासचिव बिशाल गुरुङ बिच भएको प्रतिस्पर्धामा गुरुङले ६ र श्रेष्ठले ४ मत प्राप्त गर्नु भएको हो ।

अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमा उपाध्यक्षमा सन्दिप पन्थी, बिकास तामाङ कमल पोखरेल चयन भएका छन् ।

यसै गरी सदस्यहरुमा छितिज गुरुङ, अमित खत्री, सुजन तामाङ, सबिन केसी, रबिन थापा, सिमोन श्रेष्ठ, जिबन गुरुङ अनिल श्रेष्ठ चयन भएका छन् । सदस्यमा १४ जना बिच प्रतिस्पर्धा भएको निर्वाचन अधिकृत स्थानेश्वर दवाडीले बताउनु भयो ।

११ क्लव सदस्य रहेको एन्फा गोरखामा एउटा मतपत्र खाली भएपछि बदर भएको थियो । निर्वाचित सदस्यबाट कार्यसमितिलाई पूर्णता दिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology