गुणराज रोका
बैशाख २१, गोरखा । गोरखा नगरपालिकाको नेकपा माओबादी केन्द्रबाट मेयरमा उमेदार बन्नु भएका कृष्णबहादुर राना मगर त्यागी ईमान्दार र निष्ठाबान छवि बनाएका नेताको रुपमा चिनिनु हुन्छ । गोरखा नगरपालिका वडा नम्बर–८, आमडाँडामा पिता कमल बहादुर राना र माता टेक कुमारी रानाको कोखबाट बि स २०१९ साल माघ १४ गते जन्मिनु भएका नेता राना मगर निस्वार्थ राजनीतिमा लाग्ने एक उदाहरणीय पात्र हुन् । राजनीतिमा लागेर लिने होइन जनतालाई दिने हो भन्ने बिचार राख्ने उहाँ झण्डै ३८ बर्षदेखि माओबादीमा आन्दोलनमा क्रियाशिल हुनुहुन्छ ।
सादा जीवन उच्च बिचार भएका नेकपा माओबादी केन्द्र गोरखा नगरपालिका अध्यक्ष समेत रहनु भएका राना मगर कसैको दुख देख्न नसक्ने दिन दुखीहरुका सारथी समेत हुनुहुन्छ । मध्यम बर्गिय किसान परिबारमा जन्मनु भएका नेता रानामगर २०३६ सालमा अनेरास्वबियु छैटौको सदस्य लिदै पहिलो पटक बि.स २०४० सालमा कम्युनिष्ट पार्टीको औपचारिक रुपमा सदस्यता लिनुभएको थियो । उहाँले २०४६ सालमा पार्टीको ईलाका सदस्य, बि.स २०५१ मा अखिल नेपाल जनजाती महासंघको जिल्ला अध्यक्षको जिम्मेवारी सफलता पूर्वक पुरा गरिसक्नु भएको छ ।
बि.स २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओबादीले जनयुद्वको शंखाघोष गरेका बेला राना मगर शिक्षण पेशामा आबद्व हुनुहुथ्यो । बिधालयको प्रधानध्यापकको भूमिका निर्वाह गर्ने उहाँ बिधालयमा समय दिएर बचेको समय पार्टीको शुभेच्छुक संगठन अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारीसंग जोडिएर पार्टीमा क्रियाशिल रहनुभयो । उहाँका लागि जागिर भन्दा नेपालीका जनताको मुक्ति प्राथामिकता थियो । जनयुद्धका समयमा राज्य पक्षबाट विभिन्न चरम मानसिक र शाररिक यातना भोग्नुभएका उहाँ कति पनि बिचलित नभइ संगठनमा क्रियाशिल भएर लागिरहनुभयो ।
जनयुद्वको चर्काे राप तापको बेला गोरखा जिल्लामा तत्कालिन राज्य पक्षले राजनीतिक आस्था राखेकै भरमा धरपकड, राजद्रोहको मुद्वा चलाईरहेको बेलामा पनि नेता राना मगर आफ्ना आस्था बिश्बास भन्दा अरु ठुलो केही होईन भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न पछि पर्नुभएन । त्यसै बेला राना मगर राज्य पक्षको मस्ट वान्टेटमा रहिआएका पर्नुभएका उहाँ २०५८ साल मंसिर १७ गते पक्राउ पर्नुभयो ।
प्रहरीको हिरासतमा बर्रबर दमन यातना भोग्नुभएका उहाँले १५ महिना जति जेल जिवन बिताउनुभयो । नेता रानामगरको राजनितिक आस्थालाई न त राज्यको फलामी साङलोले न छेक्न सक्यो, नत कठोर र निर्मम यातनाले । बरु जेल जिवनबाट उहाँको राजनीतिक जिवन भट्टीमा पकाएको इट्टा जस्तै खारिदै गयो । जेलबाट निस्किएपछि सर्बहाराको जनताको सुख दुःखमा सधै साथ दिनै उहाँ अघि बढ्नुभयो । पाटी र आन्दोलनमा खरो रुपमा उत्रिएर अघि बढ्नु भएका नेता रानामगर पाटीको ईलाका सेकेटरी, मगरमुक्ति मोर्चाको केन्द्रीय सदस्य , पार्टीको नगर समितिको अध्यक्ष, प्रदेश सदस्य, केन्द्रीय आयोजक समितको सदस्य मगर मुक्ति मोर्चाको हाल केन्द्रीय उपाध्यक्ष हाल बर्तमान गोरखा नगरपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाली रहनुभएको छ ।
बिचार र सिदान्तलाई राजनितिमा आदर्शको रुपमा लिने नेता राना मगर कहिलै बिचलित नहुने कम्युनिष्ट क्रान्तिकारी योद्धा हुन् । गएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि माओबादी पार्टीबाट गोरखा नगरपालिकाको मयेर थोरै मतान्तरले पराजित हुनुभएका नेता रानामगरलाई यो पटक सहज बिजयी हासिल गर्ने दावी गर्नुहुन्छ । झण्डै ५ बर्ष नगरपालिकाको सत्ता सम्हाल्लेको काग्रेसले नगरपालिकाको बिकास र कुनै नगरबासीको जनजिवनमा परिवर्तन आउने कुनै काम गर्न नसकेको तथा भिजन बिहिन नेतृत्वका कारण नगरपालिका पछाडी परेकाले नगर क्षेत्रको बिकासका लागी आफुले जित्नै पर्ने बताउनुहुन्छ ।
‘चुनाब जित्नु ठुलो कुरो होईन उसले के रिजल्ट निकालो त्यो ठुलो करा हो, उहाँले भन्नुभयो, गोरखा नगरबासीले यो पटक मलाई न्याय न्याय गर्नुहुनेछ ।’ नेता रानामगरले भन्नुभयो, ‘यो नगरपालिकाको मुहार फेर्ने जिम्मेवारी म लिन्छु । माओबादी बाहेकबाट गोरखा नगरपालिकाको बिकास सम्भव छैन भन्ने गएको पाँच बर्षमा देखिसकिएको छ ।’