Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भरतपुरमा बिहीबार चुनावी सभा, गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने


2.5K
Shares

भरतपुरमा बिहीबार चुनावी सभा, गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने

चितवन, २० वैशाख । बिहीबार चितवनको भरतपुरमा सत्तागठबन्धनले चुनावी सभा गर्ने भएका छन्। वैशाख २२ मा चुनावी सभा गर्न लागिएको मेयर उम्मेदवार रेनु दाहालको सचिवालयले जनाएको छ।

यहाँ मेयरमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेता दाहाल मेयर उम्मेदवार छिन् भने नेपाली कांग्रेसबाट उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार छन्। चुनावी सभालाई सत्तागठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने तयारी छ।

यस्तै कांग्रेस नेतासमेत रहेका सत्तागठबन्धनका चुनावी तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्न खबर गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology