Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बेलायती गायकको कीर्तिमान तोड्दै राजु लामाले राखे विश्व रेकर्ड


3.6K
Shares

बेलायती गायकको कीर्तिमान तोड्दै राजु लामाले राखे विश्व रेकर्ड

काठमाडौं, २० वैशाख । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले ६ हजार ५७४ मिटर उचाइमा कन्सर्ट गरेका छन् । सगरमाथाको क्याम्प—३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाएका हुन् ।

जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको गायक लामाले बताएका छन् ।

राजुको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम समेत हो । यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए ।

मंगोलियन हार्टको यो कन्सर्टसँगै बेलायती गायकको अघिल्लो कीर्तिमान पनि तोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology