Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चाँदीको सिक्री हराउँदा कुटपिट गरी स्वयम्भूमा पुरूषको हत्या, आरोपित गोरखाबाट पक्राउ


5K
Shares

चाँदीको सिक्री हराउँदा कुटपिट गरी स्वयम्भूमा पुरूषको हत्या, आरोपित गोरखाबाट पक्राउ

गोरखा, २० वैशाख । काठमाडौंको स्वयम्भूमा एक पुरूषको हत्या गरी फरार आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आरोपित मध्ये एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले आइतबार गोरखाको चुमनुब्री गाउँपालिका—३ जगतबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका—१ डकाहा बस्ने २६ वर्षीय प्रकाश तिमिल्सिना र फिक्कल गाउँपालिका—१ घर भई काठमाडौंको बनस्थली बस्ने २९ वर्षीय राजेश सुनुवार रहेका छन् । सिन्धुलीका सुनुवारलाई भने गत बुधबार नै प्रहरी वृत्त स्वयम्भूले बनस्थलीबाट पक्राउ गरेको हो।

उनीहरूमाथि ललितपुर महालक्ष्मी नगरपालिका—८ लुभू घर भएका २८ वर्षीय नरेशकुमार गौतमको हत्या गरेको आरोप छ।

वैशाख २ गते बिहान गौतमको शव अनुहारमा चोट भएको अवस्थामा काठमाडौं महानगरपालिका—१५ भगवान पाउस्थित सडक किनारामा फेला परेको थियो।

प्रकाशले लगाएको चाँदीको सिक्री हराउँदा दुबैजनाले मिलेर कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनु भयो।

उनीहरूले अघिल्लो रात नै लागु औषध समेत सेवन गरेको प्रहरीको भनाई छ। कर्तव्य ज्यान मुद्दामा प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology