Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले घट्यो


3.1K
Shares

सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं, २० वैशाख । नेपाली बजारमा मंगलबार एकैदिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्यमा कुनै परिवर्तन नआएको महासंघको भनाइ छ । आज चाँदीको प्रतितोला मूल्य सोमबार जस्तै १२ सय ९० रुपैयाँ छ ।

सोमबार छापावल र तेजावी सुनको मूल्य क्रमशः ९८ हजार २ सय र ९७ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology