गोरखा, २० बैशाख । गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मदिराजन्य पर्दाथको बिक्री बितरण तथा सेवनमा पूर्ण रुपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा आयोजित सर्वपक्षिय बैठकमा निर्वाचनमा शान्ति सुरक्षामा पर्न सक्ने असरलाई दृष्टिगत गर्दे यही बैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर यस्तो रोक लगाउने निर्णय भएको हो ।
जिल्लाभर नै होटल, रेष्टुरेन्ट लगायतका अन्य पेशा व्यवसाय समेत बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय सोमबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिनुभयो ।
निर्वाचन प्रचारका क्रममा दलहरु बिच शान्ति सुरक्षा खलबललिने खालका गतिबिधी हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रमको आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रमको आयोजना गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमती पनि सर्वपक्षिय बैठकले निर्णय गरेको उहाँको भनाई छ ।
बैठकले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्ने, दलहरु बिच प्रचारप्रसारका कार्यक्रम गर्दा सामजिक सद्भाव कायम राख्ने गरि सञ्चालन गर्ने निर्णय गरेको प्रजिअ आर्चायले बताउनुभयो । त्यस्तै निर्वाचन अवधीभरसम्म आबश्यक पर्ने अत्यावश्यक बस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग बाणिज्य संघ, चेम्बर अर्फ कर्मस लगायतका संघसंस्थाले आबश्यक व्यवस्था मिलाउने सहमती भएको उहाँले जानकारी दिनुभयो ।