काठमाडौं १९, वैशाख । काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, पोखरालगायत गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ।
स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू— भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसमविद् सलिना शाक्यले जानकारी दिनु भयो।
लुम्बिनी प्रदेशबाट सुरू भएको वर्षा गण्डकीहुँदै बागमती प्रदेशसम्म आइपुगेको शाक्यले जानकारी दिएका छन्। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू—भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भइरहेको उहाँले बताउनु भएको छ ।
यो प्रक्रिया अझै २— ३ दिनसम्म चल्ने उहाँको भनाई छ ।