Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

स्थानिय तह निर्वाचनमा शिक्षकको जनशक्ति लिने क्रममा अपमान हुने गरी व्यवस्थापन गरेको भन्दै शिक्षक संघ संगठन गोरखाको ध्यानाकर्षण


4.7K
Shares

स्थानिय तह निर्वाचनमा शिक्षकको जनशक्ति लिने क्रममा अपमान हुने गरी व्यवस्थापन गरेको भन्दै शिक्षक संघ संगठन गोरखाको ध्यानाकर्षण

गोरखा १९, वैशाख । यही वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा शिक्षकहरुको जनशक्ति लिने क्रममा अपमान हुने गरी व्यवस्थापन गरेको भन्दै शिक्षक महासंग आवद्ध शिक्षक संघ संगठन गोरखाले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

जिल्ला निर्वाचन अधिकृत कार्यालयलाई आज एक पत्र लेख्दै निर्वाचनमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापनका क्रममा शिक्षकहरुबाट जनशक्ति लिदाँ मान मर्दन हुने गरी तह र श्रेणीलाई ध्यान नदिई हचुवामा व्यवस्थापन भएको प्रति शिक्षक संघ संगठन गोरखाले ध्यानाकर्षण गराएको हो ।

शिक्षकहरुलाई अपमान महशुष हुने गरी खटन पटनका लागी गरिएको निर्णयलाई सम्मानजनक हुने गरी उचित व्यवस्थापन गर्न संघ संगठन गोरखाले अनुरोध गरेको छ । यस्तै आयोगले भविष्यका निर्वाचनको कर्मचारी व्यवस्थापनमा समेत असर नपर्ने गरी आवश्यक निर्णय गरिदिन शिक्षक संघ संगठन गोरखाले संयुक्त रुपमा जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology