Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’बीचको खेल रोकियो


3K
Shares

वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’बीचको खेल रोकियो

काठमाडौं १९, वैशाख । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ टिमबीच टी—२० शृंखलाको दोस्रो खेल प्रभावित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे टोलीले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाउँदा खेल वर्षाले रोकिएको हो ।

खेलको पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा आउट गरेका थिए ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ६ विकेटको पराजय ब्यहोरेको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे टोलीले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology