काठमाडौं १९, वैशाख । नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँको दरले घटेर ९८ हजार २ सय मा झरेको छ ।
आइतबार ९९ हजार प्रतितोलामा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्यमासमेत केही गिरावट आएको छ ।
चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार २९० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य आइतबार एक हजार ३०० रुपैयाँ प्रतितोला रहेको थियो ।