Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मैले जिते गोरखा नगरपालिकामा एक रुपैया भष्ट्राचार गर्न दिन्न : उमेद्वार रानामगर


11.5K
Shares

मैले जिते गोरखा नगरपालिकामा एक रुपैया भष्ट्राचार गर्न दिन्न : उमेद्वार रानामगर

गुणराज रोका

गोरखा, १९ बैशाख । नेकपा माओबादी केन्द्रबाट गोरखा नगरपालिकाको मेयर पदका उमेद्वार कृष्ण रानामगरले आफुले जिते गोरखा नगरपालिकामा एक रुपैया भ्रष्टाचार गर्न नदिने संकल्प गर्नुभएको छ । गोरखा नगरपालिका क्षेत्र भित्र आक्रामक रुपमा चुनाबी अभियानमा होमिनु भएका उमेद्वार रानामगरले बडा न ६ मा आयोजित घरदैलो कार्यकम नगरपालिका भित्रका मतदातालाई भोट माग्दै ईमानदार उमेद्वारलाई पहिचान गरि मतदान गर्न आग्रह गर्नु भएको हो ।

‘म तपाईहरु सङग प्रतिबद्वता गर्न चाहान्छु मेयरमा निर्बाचित भए भने एक रुपैयाँ पनि भष्टचार गर्दिन, उहाँले भन्नु भयो
, ‘भष्टचार गर्नीलाई पनि छोडदिन तपाईहरु मलाई एक पटक मत दिएर बिश्बास गर्न गर्नुस । ’

उहाँले मेयरमा निर्बाचित भए गोरखा नगरपालिकालाई नेपालकै एक नम्बरको पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्ने बताएका छन् । प्राकृतिक रुपमा सुन्दर र भरिपुर्ण यो एैतिहासिक नगरलाई विश्व सामु चिनाउदै गोरखा नगरपालिकामा भएको एैतिहासिक पुरातत्वको महत्ब दर्शाउदै आन्तरिक तथा बाह्य प्रर्यटकलाई भित्र्याएर आर्थिक रुपमा सम्पन्न नगरपालिका बनाउने प्रतिबद्वता ब्यक्त गरे। उनले गोरखा नगरपालिकाको बिकास गर्न भिजन आफू सङग मात्र भएको जिकिर गर्नु भयो ।

उहाँले गारखा नगरपालिका सम्भाबनै सम्भाबानाको खानी रहेको बताउदै नगर भित्रका धार्मिक तथा पर्यटकिय स्थलको रुपमा चिनाउने उद्वेश्यले एउटा गुरु योजना बनाएर ठाउँ र भुगोल अनुसार ब्यापारिक केन्द्र बनाउने योजना रहेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology