Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

धावामा मिल्यो माओबादीको बिबाद, एक ढिक्का भएर पार्टीको उमेद्वारलाई जिताउने प्रतिबद्धता


8.6K
Shares

धावामा मिल्यो माओबादीको बिबाद, एक ढिक्का भएर पार्टीको उमेद्वारलाई जिताउने प्रतिबद्धता

गोरखा, १७ बैशाख । नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिकाको वडा नम्बर ४ धावामा देखिएको माओबादी केन्द्र भित्रको आन्तरिक बिबाद मिलेको छ । वडाध्यक्षको उमेद्वार चयनका बिषयमा बिबाद भएपछि बागी उमेद्वार दिनुभएका स्थानीय पार्टी नेता ओमबहादुर अधिकारी (कृष्ण) ले बिज्ञप्ति मार्फत उमेद्वारी फिर्ता लिएको घोषणा गरेपछि पार्टी एक ढिक्का भएको हो ।

नेता अधिकारीले जारी गर्नुभएको बिज्ञप्ति आफु पार्टी बिचार सिद्धान्त र निष्ठाबाट कति पनि बिचलित नभएको भन्दै पार्टीको उमेद्वार बिजयी गराउन दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिज्ञप्तिमा आफुले पार्टी भित्रको बैचारिक कारण उमेद्वारी दिएको भएपनि पार्टीको योजना भन्दा बाहिर रहेर गैह्र राजनीतिक गतिबिधि गर्न नसक्ने उहाँले उल्लेख गर्नुभएको छ ।

नेता अधिकारीले बिज्ञप्ति मार्फत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि आफ्नो उमेद्धवारी रहेको भन्दै सम्पूर्ण पार्टी पङ्तीलाई एक ढिक्का भएर पार्टीको उमेद्वारको पक्षमा चुनावमा होमिन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology