Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा छायांकन गरिएको फिल्म ‘मन्त्र’ आजदेखी प्रदर्शनमा आयो


4.2K
Shares

गोरखामा छायांकन गरिएको फिल्म ‘मन्त्र’ आजदेखी  प्रदर्शनमा आयो

गोरखा, १६ वैशाख । गोरखामा छायांकन गरिएको अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्म ‘मन्त्र’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ। यो फिल्मसँगै बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ पनि प्रदर्शनमा आएको छ।

दुई बलिउड फिल्म र दुई साता अगाडी प्रदर्शनमा आएका दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ र ‘ए मेरो हजुर ४’ का कारण फिल्मले मल्टिप्लेक्समा कम शो पाएको छ।

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई जम्मा नौ शो दिएको छ। सिंगल थिएटरमा भने फिल्मले पर्याप्त शो पाएको छ।

बुधबार राजधानीमा आयोजित प्रिमियर शोमा फिल्मकर्मीहरूले ‘मन्त्र’ लाई सकारात्मक प्रतिक्रिया दिएका छन्। निर्माण समूहले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्।

हिमाली प्रेमकथा भनिएको फिल्मलाई मनास्लु क्षेत्रमा खिचिएको हो। यो फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन्।

सुरेश कार्की, रवि राज कार्की र सुभा श्रेष्ठले निर्माण गरेको फिल्ममा सौगात र दियासँगै बुद्धि तामाङ, नमिता तामाङ, वीरबहादुर लामा र पासाङ छिरिङ शेर्पाको अभिनय छ।

परिछेद सेनको कथा रहेको फिल्म ‘मन्त्र’लाई समतेन भुटिया, सुनिल नेउरे र स्वयः सेनले लेखेका छन्। संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology