Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई सत्तागठबन्धनका शीर्ष नेताको आग्रह


2.5K
Shares

उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई  सत्तागठबन्धनका शीर्ष नेताको आग्रह

काठमाडौं, १६ वैशाख । पाँचदलीय सत्तागठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

आज बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो।
आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ।

यस्तै सत्तागठबन्धनबाहेक दलसँग भएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति पनि उहाँहरूले गरेका छन्।

चितवनलगायत ठाउँमा सत्तागठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेको छ।

यसअघि पनि सत्तागठबन्धनका शीर्ष नेताले आधिकारिक उम्मेदवारबाहेकका स्वतन्त्र (बागी) उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

यस्तो छ संयुक्त विज्ञप्ति:

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology