Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा स्थानीय तह निर्वाचनका लागि २ लाख ४१ हजार थान मतपत्र आईपुग्यो


3.4K
Shares

गोरखामा स्थानीय तह निर्वाचनका लागि २ लाख ४१ हजार थान मतपत्र आईपुग्यो

गोरखा, १५ वैशाख । गोरखामा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि  मतपत्र लगायतका निर्वाचन सामग्री आइपुगेको छ । गोरखाका चुनावका लागि २ लाख ४१ हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले अन्य सामग्री केही दिन अघिनै ल्याइएकोमा मतपत्र भने आज पठाएको हो । आयोगले जिल्लाको मतदाता संख्या भन्दा १० प्रतिशत बढी मतपत्र पठाएको जानकारी दिएको छ । जिल्लाको कुल मतदाता संख्या २ लाख १८ हजार ५ शय ६३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology