Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

२ लाख ३० हजारभन्दा बढी इ—पासपोर्ट जारी


2.9K
Shares

२ लाख ३० हजारभन्दा बढी इ—पासपोर्ट जारी

काठमाडौं, १५ वैशाख । सरकारले अहिलेसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी इ—पासपोर्ट) जारी गरेको बताएको छ।

बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिलेसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिनु भयो।

उहाँले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी कार्य भइरहेको बताउनु भयो ।

राहदानीसम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उहाँले बताउनु भएको छ ।
उहाँले राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology