काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले गरेको दाबी गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेपालले २०५१ सालमा केपी ओली (एमाले अध्यक्ष)ले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी गर्नु भएको हो ।
एमालेको ओली गुटले सुरक्षा भत्ताको सुरुवात हामीले गरेको भने पनि त्यसमा उहाँहरुको भूमिकै नभएको नेपालले बताउनु भयो ।
ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको उहाँको दाबी छ । उहाँले ओलीको चर्को आलोचना गर्दै ‘गफाडी नम्बर १’को संज्ञा दिएका छन् ।