Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘केजिएफ २’ ले १५ दिनमै कमायो करिब एक हजार करोड भारु


3.9K
Shares

‘केजिएफ २’ ले १५ दिनमै कमायो करिब एक हजार करोड भारु

एजेन्सी, १५ वैशाख । साउथ फिल्म ‘केजिएफः च्याप्टर २’ ले १५ दिनमै करिब एक हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। फिल्मले विश्वव्यापी रुपमा ९२६ करोड भारु कमाएको छ।

छोटो समयमै विश्वव्यापी रुपमा ‘केजिएफ २’ एक हजार करोड कमाउने फिल्म बनेको हो। एक सय करोड भारु लागतमा बनेको फिल्मले नौ सय करोड नाफा कमाएको छ।

तेस्रो सातासम्म आइपुग्दा पनि फिल्मको व्यापारको रफतार घटेको छैन। फिल्मले एकै दिनमा ३० करोड भन्दा बढि व्यापार गरिरहेको छ।

‘केजिएफ २’ ले हिन्दी भाषामा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। बलिउड फिल्म ‘जर्सी’ रिलिज हुदाँ पनि ‘केजिएफ’को व्यापारमा खासै असर देखा परेको छैन। भारतीय व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले बुधबारसम्म हिन्दी भर्सनमा मात्रै ३४३ करोड १३ लाख कमाएको छ।

‘केजिएफ २’ ले विश्वव्यापी रुपमा दिनमै ३० करोड भारु माथिको व्यापार गरिरहेको हुँदाँ यसले ‘आरआरआर’को व्यापारलाई उछिन्ने देखिन्छ।

एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ले पनि एक हजार करोड कमाउन सफल भएको थियो। चैत्र ११ गतेबाट प्रदर्शन भएको आरआरआरले हालसम्म १२ सय करोडभन्दा बढि कमाइ गरेको छ।

‘केजिएफ २’ ले केहि दिनमै आरआरआरको लाइफ टाइम व्यापारलाई पार गर्ने भारतीय संचार माध्यम इन्डिया टु डेमा पनि उल्लेख गरिएको छ। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology