Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आगामी स्थानीय तह चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने गोरखाका गठबन्धन दलहरुको निर्णय


3.3K
Shares

आगामी स्थानीय तह चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने गोरखाका गठबन्धन दलहरुको निर्णय

गोरखा, १५ बैशाख । गोरखाका सत्ता गठबन्धनका दलहरुले आगामी स्थानीय तह चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।
उम्मेद्वारको मनोनयन फिर्ता लिने अघिल्लो दिन आज बिहान बसेको गठबन्धन संयन्त्र बैठकले निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

यस अघि गठबन्धन दलहरु पटक पटक छलफलमा जुट्दाँ पनि गठबन्धन गरेर चुनावमा जाने भन्ने विषयमा निष्कर्ष निकाल्न नसके पछि र केन्द्रको निर्देशन पश्चात पनि सहमति नजुटेकाले स्थानीय तह निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको जनाएको छ ।

केन्द्रिय गठबन्धनको हिजो बुधवारको बैठकले गरेको निर्णय अनुसार चुनावका लागी गोरखाको कुनै पनि तहमा गठबन्धन बाहेकका दलहरुसँग तालमेल नगर्ने निर्णय पनि गरिएको छ । गठबन्धन दलहरु बिच सहमतिका लागि आगामी दिनमा छलफल जारी राख्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा गठबन्धन संयन्त्रका संयोजक एवम् नेपाली काँग्रेसका सभापति नन्दप्रसाद न्यौपाने एवम् सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष यादब बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्टको सहभागीता रहेको थियो ।

यस्तै संयन्त्र सदस्य बाहेक बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य परशुराम रम्तेल, जसपाका केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमाल, एसका जिल्ला इन्चार्ज जुद्धविलाश भण्डारी र नेपाली काँग्रेसका जिल्ला सचिव किशोरजंग थापा पनि सहभागीता हुनु भएको थियो ।

 गठबन्धन संयन्त्र बैठकले गरेका निणर्यहरु यस प्रकार छन् :

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology