Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सशस्त्र प्रहरीले विना धितो ५ वर्षका लागि १५ लाखसम्म ऋण पाउने


2.2K
Shares

सशस्त्र प्रहरीले विना धितो ५ वर्षका लागि १५ लाखसम्म ऋण पाउने

काठमाडौं, १४ वैशाख । सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितिमा सशस्त्रको प्रधान कार्यालय हल्चोकमा बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम रु. १५ लाख सम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology