Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी


4.5K
Shares

सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी

बुटवल, १४ वैशाख । बुटवलमा सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ।

बिपी चोकमा रहेको नन्दराम सुनारको पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन गरी तीन सय ८३ तोला सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन्।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ। सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको छ। पसल राख्न भन्दै घर भाडामा लिएर उक्त व्यक्तिहरूले चोरी गरेको आशंका छ।

योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए। भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको आशंका छ। कपडा पसल राख्न भाडामा लिएकै घरमा सुन पसल पनि थियो।

सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताउनु भयो । पटकपटक सुनचाँदी पसलमा चोरी हुने घटना भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरू बताउँछन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजि भइरहेको जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology