Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको चुमनुब्रीमा माओबादीबाट वडाध्यक्ष सहित ५ जना सर्वसम्मत निर्वाचित


4.7K
Shares

गोरखाको चुमनुब्रीमा माओबादीबाट वडाध्यक्ष सहित ५ जना सर्वसम्मत निर्वाचित

गोरखा, १३ बैशाख । गोरखाको चुमनुब्री गाउँपालिकाको एक वडामा माओबादी केन्द्रका तर्फबाट वडाध्यक्ष सहित ५ जना सर्वसम्मत निर्वाचित भएका छन् । चुमन्रुवी गाउँपालिकाको वडा नम्बर ६ मा नेकपा माओबादी केन्द्रका उमेद्वार सरोज लामा वडाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

त्यस्तै वडा सदस्यमा ठिले ग्याम्जो लामा सर्वसम्मत निर्वाचित हुनुभएको माओबादी केन्द्र चुमनुब्री गाउँपालिका इन्चार्ज निमा लामाले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर १ सामागाउँमा माओबादी केन्द्रबाट महिला वडा सदस्यमा देजेन डोल्मा लामा, खुल्ला सदस्यमा पासाङ लामा निर्वाचित हुनुभएको उहाँले बताउनुभयो । वडा नम्बर २ ल्होमा माओबादी केन्द्रबाट दलित महिला सदस्यमा लाक्पा दिकी बि.क सर्वसम्मत निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology