काठमाडौं, १३ वैशाख । आज एकैदिन सुन प्रतितोला नौ सय रूपैयाँले घटेको छ । मंगलबार सुन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको सोही दिन सुन प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार सुन प्रतितोला एक लाख दुई सय रूपैयाँमा कारोबार भयो। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।
त्यस्तै चाँदीको मूल्य पनि अघिल्लो साताको मंगलबारको तुलनामा आज ९० रूपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।