Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार पुग्यो


2.9K
Shares

स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार पुग्यो

काठमाडौं, १३ वैशाख। स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुको संख्या एक लाख ४१ हजार पुगेको छ ।

निर्वाचन आयोगले बिहान १०:३० बजे अध्यावधिक विवरण दिंदै मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको हो ।

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology