Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको ११ वटै पालिकाका प्रमुख उपप्रमुखमा कांग्रेसले दियो उम्मेदवारी


4.2K
Shares

गोरखाको ११ वटै पालिकाका प्रमुख उपप्रमुखमा कांग्रेसले दियो उम्मेदवारी

गोरखा, १२ वैशाख । नेपाली कांग्रेस गोरखाले ११ वटै पालिकाका प्रमुख उपप्रमुखमा उम्मेदवारीदर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त, उपमेयर मसलीमाया थोकर (सपना पुन)ले उम्मेदवारी दर्ता गराएका छन् । पालुङटार नगरपालिकामा दिपक कंडेल र चेतकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ, सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारीले उम्मेदवारी दिएका छन् । भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बनेका छन् भने चुमनुब्री गाउँपालिका अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्ष मेन्टोक छोकी लामाले उम्मेदवारी दिएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा उम्मेदवार बनेका छन् । यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा सर्मिला श्रेष्ठले उम्मेदवारी दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology