Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

एमालेबाट गोरखामा ११ वटै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवारी दर्ता


6.1K
Shares

एमालेबाट गोरखामा ११ वटै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवारी दर्ता

गोरखा, १२ वैशाख । गोरखामा नेकपा एमाले सबै पालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारी दर्ता गराएको छ । जस अनुसार गोरखा नगरपालिकामा मेयर सम्झना देवकोटा, उपमेयर दिनेश तमुले उम्मेदवारी दिएका छन् ।

पालुङटार नगरपालिकामा मेयरमा हरी भट्ट र उपमेयरमा पार्वती पाठकले उमेदवारी दर्ता गराएका छन् । सिरानचोक गाउँपालिका प्रमुखमा देवराज श्रेष्ठ र उपप्रमुख सशी देवकोटा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा गिता पोखरेल र उपाध्यक्षमा शेखर न्यौपानेले उमेद्वारी दर्ता गरेको नेकपा एमाले गोरखाले जनाएको छ ।

त्यस्तै, बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा हरी बस्नेत, उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, भिमसेनथापा गाउँपालिका अध्यक्षमा सुरेश श्रेष्ठ र उपाध्यक्षमा रुपा भट्ट, आरुघाट गाउँपालिका अध्यक्षमा कृष्ण नेपाली, उपाध्यक्षमा सिता दाहालले उम्मेदवारी दिएका छन् ।

धार्चे गाउँपालिकाको अध्यक्षमा सुक बहादुर घले र उपाध्यक्षमा आशा गुरुङ, शहिदलखन गाउँपालिका अध्यक्षमा मनोज जोशी र उपाध्यक्षमा लुना थापा, गण्डकी गाउँपालिका अध्यक्षमा विष्णु पन्त र उपाध्यक्षमा रेनुका नहर्की र चुमनुब्री गाउँपालिका अध्यक्षमा सुक गुरुङ र उपाध्यक्षमा सानु गुरुङले उम्मेदवारी दर्ता गरेको नेकपा एमाले गोरखाका सचिव काजिराम रोकाले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology