Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

राप्रपा गोरखाका सबै उम्मेदवारले गोरखाकाली मन्दिरमा हलो समातेर कसम खाए


4.7K
Shares

राप्रपा गोरखाका सबै उम्मेदवारले गोरखाकाली मन्दिरमा हलो समातेर कसम खाए

गोरखा, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले गोरखा नगरका सबै उम्मेदवारहरुलाई गोरखाकाली मन्दिरमा राखेर हलो समातेर कमस खुवाएका छन् । उम्मेदवारहरुलाई जिम्मेवारीमा रहदाँ भ्रष्ट्राचार गर्दिन भन्दै हलो समातेर कालिका मन्दिर अगाडी कसम खुवाएको हो ।

राप्रपाबाट गोरखा नगरमा मेयर पदका लागी रुद्रराज पाण्डे, उपमेयर पदमा सम्झना लामिछाने सहित वडाका उम्मेवारहरुलाई कसम खुवाईएको राप्रपाका जिल्ला उपाध्यक्ष तथा सचिवालय प्रमुख भिषण अर्यालले जानकारी दिनु भयो ।

पार्टीले उहाँहरुलाई आज उम्मेवारी दर्ता गराउनु पूर्व नै मन्दिरमा राखेर कसम खुवाएको हो । उम्मेदवार सबैले आफुहरुले निर्वाचित भएर पदमा रहदा कुनै पनि प्रकारको भ्रष्ट्राचारमा संलग्न नहुने कमस खाएको पार्टी जनाएको छ । सचिवालय प्रमुख अर्यालका अनुसार मेयर र उपमेयर सहित १२ देखी १४ वटा वडामा उम्मेदवारी दिने तयारी भई रहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology