Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिकाका मेयरको उम्मेदवारमाथि आफ्नै कार्यकर्ता गरे हातपात


3.5K
Shares

गोरखा नगरपालिकाका मेयरको उम्मेदवारमाथि आफ्नै कार्यकर्ता गरे हातपात

गोरखा, १२ वैशाख । नेपाली काँग्रेसका तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठ माथी आफ्नै कार्यकर्ताले हातपात गरेका छन्  । श्रेष्ठलाई तरुण दलका अध्यक्ष सुदिप थापा मगरको समूहले हातपात गरेको हो ।

गोरखा नगरपालिका ६ को बैंक रोडमा रहेको दिपक फोटो स्टुडियोमा फोटो लिएर फर्कने क्रममा थापा मगरले नेतृत्व गरेको १५–२० जनाको समूहले हेलमेट र सिसाले आक्रमण गरेका थिए । श्रेष्ठ संगै रहेका उनका सहयोगी श्रवण जोशी समेतलाई तरुण दलको उश्रृखल समूहले आक्रमण गरेका थिए ।

अध्यक्ष थापा मगरले ‘राजनराज पन्तले पाएको टिकट कसरी तैले लिएर आईस’ भनेर एक्कासी हेलमेट र सिसाले टाउकोमा प्रहार गरेको पिडित श्रेष्ठले बताउनु भएको छ । श्रेष्ठलाई आक्रमण गर्दा छेक्न गएका जोशीलाई पनि सोही समूहले आक्रमण गरेका थिए ।

आक्रमण समूहले लाठी समेत लिएर आएको श्रेष्ठले बताउनु भयो । आक्रमण स्थलबाट प्रहरीले श्रेष्ठलाई उद्वार गरेर घर लगेका थिए ।
श्रेष्ठले उजुरी नदिएका कारण आक्रमणमा संलग्न भनिएका सुदिपलाई पक्राउ नगरीएको गोरखा प्रहरीले जनाएको छ ।

निवेदन पर्नसाथ आरोपितलाई पक्राउ गरेर अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ । आक्रमणमा परे पछि सामान्य उपचार गराएको र टाउकोको उपचारको लागि बाहिर जानुपर्ने श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology