Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिका मेयरको उम्मेदवार छनोटमा असन्तुष्ट कांग्रेस कार्यकर्ताद्रारा पार्टी कार्यालयमा तालाबन्दी


4.6K
Shares

गोरखा नगरपालिका मेयरको उम्मेदवार छनोटमा असन्तुष्ट कांग्रेस कार्यकर्ताद्रारा पार्टी कार्यालयमा तालाबन्दी

गोरखा, १२ वैशाख । गोरखा नगरपालिकाको मेयरको उम्मेद्वार छनौटप्रति असन्तुष्ट कांग्रेस कार्यकर्ताद्रारा सदरमुकामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले नगरपालिकाको मेयरको टिकट विश्वदेव श्रेष्ठलाई दिएको भन्दै कार्यकर्ताले जिल्ला कार्यसमितिको कार्यालय तथा गोरखा नगर कार्यसमितिको कार्यालयमा तालाबन्दी र धर्ना गरेका हुन् । पार्टीले एक्लाएक्लै चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने निर्णय गरेर चुनौतिपूर्ण समयमा प्रतिस्पर्धा गर्न सक्ने राम्रालाई छाडेर आफन्त र गुट हेरेर मेयरको टिकट दिएकाले पार्टी कार्यालयमा तालाबन्दी गरिएको धर्नामा सहभागी एक कार्यकर्ताले बताएका छन् ।

निर्णय फिर्ता नलियुञ्जेल तालबन्दी र धर्ना जारी राख्ने उहाँले बताएका छन् । यसअघि मेयर पदका लागि बालवाला मेयर राजनराज पन्त, जिल्ला कार्य समितिका सचिव किशोरजंग थापा र प्रदेश समितिकी सदस्य शोभा अधिकारी पनि आकाँक्षी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology