Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चुनावमा टिकट वितरणका लागि काँग्रेसले बनायो संसदीय समिति


3.1K
Shares

चुनावमा टिकट वितरणका लागि काँग्रेसले बनायो संसदीय समिति

काठमाडौं, ११ वैशाख । नेपाली काँग्रेसले चुनावमा टिकट वितरणका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो ।

काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको छ । जुन १४ जनामा सीमित भएको छ । बाँकी सदस्य पछि थपिने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनु भएको छ ।

कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने अपेक्षा गरिएपनि अब संसदीय समितिले नै उम्मेदवारबारे टुंगो लगाउनेछ ।​

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology