Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

डेढ लाख घुससहित मालपोत अधिकृत पक्राउ


4.3K
Shares

डेढ लाख घुससहित मालपोत अधिकृत पक्राउ

काठमाडौं, ११ वैशाख । १ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङबाट मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले महतलाई डेढ लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । अधिकृत महत रकमसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कोप्चेबाट आइतबार पक्राउ परेको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनु भयो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology